लेख विवरण

भजिन्द्रद्धारा तेक्वान्दोको सेकेन्ड क्लास मास्टर्सको डिग्री हासिल

भजिन्द्रद्धारा तेक्वान्दोको सेकेन्ड क्लास मास्टर्सको डिग्री हासिल

काठमाडौँ । अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक भजिन्द्रबहादुर क्षेत्रीले विश्व तेक्वान्दो मुख्यालय (कोकिवन)बाट तेक्वान्दोको सेकेन्ड क्लास मास्टर्सको डिग्री हासिल गर्नुभएको छ ।

गत वैशामा मात्र उहाँले छैटौँ डान डिग्री प्राप्त गर्नुभएको थियो । सेकेन्ड क्लास मास्टर्सको डिग्री हासिल गर्ने क्रममा क्षेत्री १५० जना प्रशिक्षार्थीभध्ये उत्कृष्ट बन्नुभएको थियो । अब उहाँ अन्र्तराष्ट्रिय खेल सञ्चालन गर्न पनि योग्य हुनुभएको छ ।

तेक्वान्दोमा पुर्याएको योगदानको कदरस्वरुप क्षेत्री राष्ट्रपतिबाट जनसेवा पञ्चम श्रेणीले विभूषित समेत भइसक्नुभएको छ । यसैगरी, कोरियाली सरकारले उहाँलाई सन् २०१८ मा मानार्थ नागरिक पदवी पनि प्रदान गरेको थियो । लामो समयदेखि तेक्वान्दोमा समर्पित क्षेत्रीले खलाडीका रुपमा विश्व वरीयताको जि टु प्रतियोगिता कोरिया ओपन २००८ मा रजत पदक पनि जित्नुभएको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.