लेख विवरण

वार्नरको च्याम्पियन्स ट्रफी खेल्ने प्रस्ताव अस्वीकार

वार्नरको च्याम्पियन्स ट्रफी खेल्ने प्रस्ताव अस्वीकार

काठमाडौंँ । सन् २०२५ मा पाकिस्तानमा हुने एकदिवसीय च्याम्पियन्स ट्रफीका लागि अस्ट्रेलियाली टोलीमा डेभिड वार्नरको नाम चर्चामा नरहने भएको छ ।

वार्नरले सामाजिक सञ्जालमा लेखेका थिए, ुयदि क्रिकेट अस्ट्रेलियाले उनलाई अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए पनि एकदिवसीय च्याम्पियन्स ट्रफीमा खेलाउन चाहेको खण्डमा उनी पाकिस्तानमा खेल्न सक्छन् ।

अस्ट्रेलियाका राष्ट्रिय चयनकर्ता जर्ज बेइलीले भने, 'डेभिडले सन्यास लिइसकेका छन् भन्ने हाम्रो बुझाइ हो । उनले तीनवटै फर्म्याटमा जसरी खेलेका छन्, त्यसको प्रशंसा गर्नुपर्छ । हाम्रो रणनीति के हो भने उनी पाकिस्तानमा हुने छैनन् ।'

वार्नरले टी–२० विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । साथै उनले जनवरीमा गत वर्ष एकदिवसीय विश्वकप जितेर यो फर्म्याटमा आफ्नो करियर समाप्त भएको बताएका थिए । वार्नरले यसअघि नै टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरिसकेका छन् ।

वार्नर सन् २०१५ र २०२३ को एकदिवसीय विश्वकप र सन् २०२१ को टी–२० विश्वकपसहित तीन पटक विश्वकप जितेको अस्ट्रेलियाली टोलीका सदस्य हुन् । वार्नर सन् २०२१ को टी–२० विश्वकपमा प्लेयर अफ द टुर्नामेन्ट पनि बनेका थिए ।

 

 

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.