लेख विवरण

एकदिवसीय क्रिकेटमा सर्वाधिक मेडन ओभर बलिङ गर्ने ५ बलरहरु

एकदिवसीय क्रिकेटमा सर्वाधिक मेडन ओभर बलिङ गर्ने ५ बलरहरु

काठमाडौंँ । क्रिकेटको नियमसँगै ब्याट्सम्यानलाई फाइदा पुग्ने गरी क्रमशः पिच बनाइँदैछ । बलरका लागि खेलमा विशेष केही बाँकी छैन । यही कारण हिजोआज क्रिकेटमा ठूलो स्कोर बनिरहेको छ। कुनै समय ६० ओभरको खेलमा मुस्किलले २ सय ५० रन बन्थ्यो । बलरहरू खेलमा हावी हुन्थे।

आज हामी तपाईंलाई एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै मेडन ओभर गर्ने शीर्ष ५ बलरहरूको बारेमा बताउन गइरहेका छौं।

शान पोलक : ३१३ मेडेन

शॉन पोलक- 313 मेडन

एकदिवसीय क्रिकेटमा सर्वाधिक मेडन ओभर फाल्ने विश्व कीर्तिमान दक्षिण अफ्रिकाका शान पोलाकको नाममा छ । ३०३ एकदिवसीय खेल खेलेका पोलकले आफ्नो करियरमा ३१३ मेडन ओभर बलिङ गरेका थिए । उनले ३.६७ को इकोनोमीमा रन खर्च गरे । उनको नाममा ३९३ विकेट रहेको छ ।

ग्लेन म्याकग्रा : २७९ मेडेन

ग्लेन मैक्ग्रा- 279 मेडन

अष्ट्रेलियाका फास्ट बलर ग्लेन म्याकग्रा दोस्रो नम्बरमा छन् । उनलाई क्रिकेट इतिहासकै उत्कृष्ट बलर मानिन्छ । आफ्नो एकदिवसीय करियरको २५० खेलमा उनले २७९ मेडन ओभर बलिङ गरे। उनले आफ्नो बलिङबाट ३८१ ब्याट्सम्यानलाई आउट गरे ।

चामिन्डा वास : २७९ मेडेन

चमिंडा वास- 279 मेडन

चामिन्डा वासको गति कम भए पनि उनको स्विङले ब्याट्सम्यानलाई निकै समस्यामा पार्ने गर्दथ्यो । एसियामा अधिकांश म्याच खेलेपछि पनि चामिन्दा वासले ३२२ खेलमा २७९ मेडन ओभर बलिङ गरेका थिए । उनको नाममा ४०० विकेट पनि रहेको छ ।

वसीम अकरम : २३७ मेडन

वसीम अकरम- 237 मेडन

सूचीको चौथो नम्बरमा वासिम अक्रम रहेका छन् । सन्यासको समयमा अकरम विश्वमै सर्वाधिक एकदिवसीय क्रिकेट खेल्ने खेलाडीका साथै सबैभन्दा धेरै विकेट लिने खेलाडी पनि थिए । त्यसपछि सबैभन्दा बढी मेडन फाल्ने रेकर्ड पनि उनको नाममा थियो। उनले ३५६ म्याचमा ५०२ विकेट लिनुका साथै २३७ मेडन ओभर बलिङ गरेका छन् ।

कपिल देव : २३५ मेडन

कपिल देव- 235 मेडन

भारतका पूर्व कप्तान तथा अलराउण्डर कपिल देवले एकदिवसीय क्रिकेटमा २ सय ३५ मेडन ओभर बलिङ गरेका छन् । कपिलले सन् १९७८ मा भारतका लागि पहिलो खेल खेलेका थिए । उनको नाममा २५३ विकेट छ । 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.