लेख विवरण

एसिया कपका लागि श्रीलंकाको महिला क्रिकेट टोली घोषणा

एसिया कपका लागि श्रीलंकाको महिला क्रिकेट टोली घोषणा

काठमाडौंँ । श्रीलङ्काले एसिया कपका लागि महिला क्रिकेट टोली घोषणा गरेको छ । यस पटकको एसिया कप जुलाई १९ देखि श्रीलङ्कामा हुने भएको छ । प्रतियोगिताको पहिलो खेल नेपाल र युएईबीच हुनेछ । सोही दिन दोस्रो खेल भारत र पाकिस्तानबीच हुनेछ । श्रीलङ्काले बुधबार टोलीको घोषणा गरेको हो । उसले आफ्नो टोलीको कमाण्ड चमारी अथापथुलाई दिएको छ ।

श्रीलंकाको टोलीमा उदेशिका प्रबोधनी, अचिनी कुलासुरिया र अनुष्का संजिवानी रहेका छन् । वेस्ट इन्डिजविरुद्धको शृंखलामा यी तीनै खेलाडीलाई आराम दिइएको थियो । टोलीमा रश्मिका सेवन्डी र इमेशा दुलानीको जोडी पनि समावेश छ । यस्तै अनुभवी स्पिनर ओशादी रानासिंघे र विकेटकिपर ब्याट्सम्यान कौशिनी नुथ्याङनाले टोलीमा स्थान बनाउन असफल भए । बायाँ हाते स्पिनर शशिनी गिम्हानी टोलीकी सबैभन्दा कान्छी सदस्य हुन्, जो यसै वर्षको अन्त्यमा १६ वर्षको हुनेछिन् ।

महिला एसिया कपको नवौं संस्करण शुक्रबारदेखि श्रीलङ्काको दाम्बुलामा सुरु हुँदैछ । प्रतियोगितामा ८ टिमले १० दिनमा १५ खेल खेल्नेछन् । यसपटक थाइल्याण्ड, मलेसिया, नेपाल र युएईजस्ता उदीयमान टोलीले पनि प्रवेश पाएका छन् । थाइल्याण्डको यो चौथो प्रतियोगिता हो । यस्तै, मलेसिया र नेपालले दुई–दुई पटक खेलेका छन् । युएईको यो दोस्रो सिजन हुनेछ ।

प्रतियोगितामा ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह 'ए' मा भारतसहित पाकिस्तान, युएई र नेपाल छन् । समूह 'बी' मा आयोजक श्रीलंका, मलेसिया, थाइल्याण्ड र बंगलादेश छन् । गत वर्ष एसिया कपमा पाकिस्तानलाई हराउँदै थाइल्याण्ड सेमिफाइनलमा पुगेको थियो ।

श्रीलंकाको टोली : चमारी अथापथु (कप्तान), विश्वी गुणरत्ने, हर्षिता समरविक्रमा, हसिनी परेरा, कविशा दिलहरी, नीलाक्षी डी सिल्वा, अनुष्का संजीवनी, सुगन्धिका कुमारी, उदेशिका प्रबोधनी, अचिनी कुलासुरिया, इनोशी प्रियदर्शिनी, काव्या कविंदी, सचिनी निसानाला, सशिनी गिम्हानी र अमा कंचना।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.