लेख विवरण

पहिलो खेलमा नेपाल पराजित

पहिलो खेलमा नेपाल पराजित

काठमाडौँ । काभा यू–२० महिला भलिबल च्याम्पियनसिप २०२४ को पहिलो खेलमा नेपाल श्रीलंकासँग ३–१ को सेटमा पराजित भएको छ ।

माल्दिभ्सको माले सिटीस्थित सोसल सेन्टरमा बिहीबार राती भएको खेलमा नेपालले कमजोर प्रदर्शन गर्दा हारबाट प्रतियोगिता सुरु गरेको छ । श्रीलंकाले नेपाललाई २५–२०, २४–२६, २५–११, २५–१८ ले हरायो ।

नेपालले पहिलो खेलमा सोचे अनुसार प्रदर्शन गर्न नसकेको मुख्य प्रशिक्षक कुमार राईले बताए । राई रिसिच र डिफेन्समा कमजोर चएको भन्दै दोस्रो खेलमा सुधारिएको प्रदर्शन गर्नेबताए । पहिलो खेल भएकोले नेपाली टिममा तालमेलको अभाव देखिएको थियो ।

बिहीबारै भएको पहिलो खेलमा कीर्गिस्तानले घरेलु टोली माल्दिभ्सलाई सोझो सेटमा हराएर विजयी सुरुवात गरेको छ । कीर्गिस्तानले माल्दिभ्सलाई २५–११,  २५–११, २५–१७ ले पराजित गरेको हो ।

अब नेपालले आज कीर्गिस्तानसँग खेल्नेछ र आजै श्रीलंका र माल्दिभ्सबीच शुक्रबारै अर्को खेल हुनेछ । नेपालले लिग चरणको अन्तिम खेल शनिवार घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ ।

लिगमा जस्तो नतिजा आएपनि चारै टोलीले सेमिफाईनल खेल्नेछन् । सेमिफाईनलमा  लिगमा पहिलो हुनेले चौथोसँग र दोस्रो हुनेले तेस्रोसँग खेल्नेछ । सेमिफाइनल विजेताबीच फाइनल खेल हुनेछ ।

नेपाली टोली : सलिना बुढा मगर, जेनिशा विश्वकर्म (कप्तान),  एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना र आशिका क्षेत्री ।

मुख्य प्रशिक्षक : कुमार राई
प्रशिक्षक : अर्जुन घिमिरे
व्यवस्थापक : जुनु पुन

टिप्पणी लेख्नुहोस्

Please Login to comment.