एसिया कपमा भारतले पाकिस्तानलाई हरायो
काठमाडौंँ । महिला एसिया कप क्रिकेटको आफ्नो पहिलो खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको छ । पहिले ब्याटिङ गर्न आएको पाकिस्तानी टोलीलाई भारतीय बलरहरुले १०८ रनमा अलआउट बनाए । पाकिस्तानका लागि सिद्रा अमिनले सर्वाधिक २५ रन बनाएकी थिइन् । भारतकी दिप्ती शर्माले ३ विकेट लिइन् ।
लक्ष्य पछ्याउने क्रममा भारतीय ओपनर शेफाली वर्मा र स्मृति मन्धानाले ८५ रनको साझेदारी गरे । स्मृतिले ४५ रन र शेफालीले ४० रनको इनिङ खेले । पाकिस्तानका लागि सैयदा अरुब शाहले २ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्