नेपाल बक्सिङ महासंघको चौथो पूर्ण कार्यसमितिको बैठक सम्पन्न
काठमाडौं। नेपाल बक्सिङ महासंघको चौथो बैठक ललितपुर क्लासिक बैक्युटमा अध्यक्ष श्री राम अवालेज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । नेपाल बक्सिङ महासंघका महासचिव श्री मानबहादुर भण्डारीज्यूले नेपाल बक्सिङ महासंघको तेस्रो पूर्ण कार्यसमिति बैठक पछि भए गरेका कार्यहरुको प्रगति विवरण पावरप्वाईन्ट प्रजेन्टेशन मार्पmत गराएकोमा पूर्ण कार्यसमितिबाट धन्यवाद ज्ञापन गर्ने निर्णय गरियो । साथै आजको बैठकबाट मिति २०८० माघ १३ गते बसेको तेस्रो पूर्ण कार्यसमिति बैठकपछि नेपाल बक्सिङ महासंघको सचिवालयस्तरीय बैठकबाट गरिएका सम्पूर्ण निर्णयहरुलाई पूर्ण कार्यसमितिमा सर्वसम्मतीबाट पारित गर्ने निर्णय गरियो ।
आगामी कार्ययोजना अन्तर्गत बक्सिङको सर्वाङ्गिण विकासका लागि स्कुल, जुनियर, युथ र एलिट प्रतियोगिताहरु आयोजना गर्ने, रेफ्री जज, एन टि ओ तालिम, लगायत कोचेच रिफ्रेसर तथा आईवा सर्टिफिकेसन कोर्षहरु निकट भविष्यमै आयोजना गर्ने निर्णय गरियो । यसै क्रममा महासंघको प्रथम साधारण सभा यहि मिति २०८१ असौज ५ गते गर्ने, यहि २०२४ को अगष्त ३१ तारिखमा हुनगईरहेको एएसबीसीको कंग्रेसमा नेपाल बक्सिङ महासंघको अध्यक्षज्यूको नेतृत्वमा सहभागिता जनाउने, नेपाल बक्सिङ महासंघको आगामी नीति तथा कार्यक्रम आगामी साधारण सभामा प्रस्तुत गर्ने निर्णय लगायतका अन्य महत्वपूर्ण निर्णयहरु सर्वसम्मतीबाट पारित गरिएका थिए ।

टिप्पणी लेख्नुहोस्