महिला एसिया कप : थाइल्याण्डले मलेसियालाई २२ रनले हरायो
काठमाडौंँ । महिला एसिया कपको तेस्रो खेलमा थाइल्याण्डले मलेसियालाई २२ रनले पराजित गरेको छ । थाइल्याण्डका कप्तान थिपाचा पुथथोवोङले टस जितेर ब्याटिङ रोजेको खेलमा नान्नाफाट कोन्चारभेन्काईले ४० र फनिता मायाले २९ रन बनाएपछि टोलीले ६ विकेट गुमाएर १ सय ३३ रन बनायो । लक्ष्य पछ्याएको मलेसियाले ८ विकेट गुमाएर १ सय ११ रन बनायो । थाइल्याण्डका लागि बलिङतर्फ ओनिचा कामचौम्फुले २ तथा चन्दा सुथिरुआङ, नात्या बुचाथमले १–१ विकेट लिए ।
मलेसियाका लागि महिराह इज्जाती इस्माइलले उत्कृष्ट बलिङ गरिन् । उनले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिइन ।

टिप्पणी लेख्नुहोस्