महिला एशिया कप : नेपालले गुमायो पहिलो विकेट
काठमाडौंँ । जारी महिला एशिया कप अन्तर्गत पाकिस्तानविरुद्धको खेलमा टस हारेर ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ । खेलको पहिलो ओभरमै नेपालकी ओपनर सम्झना खड्का ५ बलमा ४ रन बनाएर आउट भइन । उनलाई पाकिस्तानकी निदा दारले नासाराको हातबाट क्याच आउट बनाइन । अहिले क्रिजमा सिता राना मगर र कविता कुँवर ब्याटिङ गरिरहेका छन् ।
पाकिस्तानले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेसँगै नेपाली महिला टिमले पहिला ब्याटिंग गरिरहेको हो ।
नेपालले समुह ए अन्तर्गत आफ्नो पहिलो खेलमा युएईमाथि ६ विकेटको जित हासिल गरेको थियो भने पाकिस्तान आफ्नो पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।
नेपालले समुह ए को तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका रहेको छ ।
पाकिस्तानविरुद्ध नेपालको प्लेइङ ११:
इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कबिता कुँवर, सम्झना खड्का, कबिता जोशी, पुजा महतो, बिन्दु रावल, रोमा थापा, कृतिका मरासिनी र काजल श्रेष्ठ ।

टिप्पणी लेख्नुहोस्