महिला एशिया कप : कप्तान बर्मा शुन्य रनमा आउट
काठमाडौंँ । जारी महिला एशिया कप अन्तर्गत पाकिस्तानविरुद्धको खेलमा टस हारेर ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालकी कप्तान इन्दु बर्मा खाता नखोली पेभेलियन फर्केकी छिन् । उनलाई सादिया इकवालले चौथो ओभरको अन्तिम बलमा बोल्ड गरिन् । यसअघि नेपालकी ओपनर सम्झना खड्का ४ र कविता कुँवर १३ रन बनाएर आउट भए । पाकिस्तानकी सादिया इकवाललले २ र फतिमा सानाले १ विकेट लिएका छन् ।
पाकिस्तानले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेसँगै नेपाली महिला टिमले पहिला ब्याटिंग गरिरहेको हो ।
नेपालले समुह ए अन्तर्गत आफ्नो पहिलो खेलमा युएईमाथि ६ विकेटको जित हासिल गरेको थियो भने पाकिस्तान आफ्नो पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।
नेपालले समुह ए को तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका रहेको छ ।

टिप्पणी लेख्नुहोस्