लेख विवरण

नेपालले गुमायो दोस्रो विकेट, कविता आउट

नेपालले गुमायो दोस्रो विकेट, कविता आउट

काठमाडौंँ । जारी महिला एशिया कप अन्तर्गत पाकिस्तानविरुद्धको खेलमा टस हारेर ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएकी कविता कुँवर १३ रन बनाएर आउट भएकी छिन् । उनी पाकिस्तानी बलर सादिया इकवालको बलमा विकेट किपर मुनिवा अलीको हातबाट क्याच आउट भइन । यसअघि नेपालकी ओपनर सम्झना खड्का खेलको पहिलो ओभरमै ४ रन बनाएर आउट भएकी थिइन ।

पाकिस्तानले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेसँगै नेपाली महिला टिमले पहिला ब्याटिंग गरिरहेको हो ।

नेपालले समुह ए अन्तर्गत आफ्नो पहिलो खेलमा युएईमाथि ६ विकेटको जित हासिल गरेको थियो भने पाकिस्तान आफ्नो पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।

नेपालले समुह ए को तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका रहेको छ ।

पाकिस्तानविरुद्ध नेपालको प्लेइङ ११:

इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कबिता कुँवर, सम्झना खड्का, कबिता जोशी, पुजा महतो, बिन्दु रावल, रोमा थापा, कृतिका मरासिनी र काजल श्रेष्ठ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.