लेख विवरण

नेपालले गुमायो पाचौं विकेट : ओपनर सिता राना मगर आउट

नेपालले गुमायो पाचौं विकेट : ओपनर सिता राना मगर आउट

काठमाडौंँ । जारी महिला एशिया कप अन्तर्गत पाकिस्तानविरुद्धको खेलमा नेपालले पाचौं विकेट गुमाएको छ । ओपनर सिता राना मगर २६ रन बनाएर रन आउट भएकी छिन् ।
टस हारेर ब्याटिङ गरिरहेको नेपालले यसअघि ओपनर सम्झना खड्का (४), कविता कुँवर (१३), कप्तान इन्दु बर्मा (०) र रुविना क्षेत्री (८) रनलाई गुमाएको थियो ।

लगातार विकेट गुमाइरहेको नेपालका लागि ओपनर सिताले एउटा इन्डबाट सम्हालीरहेकी थिइन । पाकिस्तानकी सादिया इकवाललले २ र फतिमा सानाले १ विकेट लिए ।

पाकिस्तानले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेसँगै नेपाली महिला टिमले पहिला ब्याटिंग गरिरहेको हो ।

नेपालले समुह ए अन्तर्गत आफ्नो पहिलो खेलमा युएईमाथि ६ विकेटको जित हासिल गरेको थियो भने पाकिस्तान आफ्नो पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।

नेपालले समुह ए को तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका रहेको छ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.