लेख विवरण

महिला एशिया कप : नेपालले पाकिस्तानलाई दियो १ सय ९ रनको लक्ष्य

महिला एशिया कप : नेपालले पाकिस्तानलाई दियो १ सय ९ रनको लक्ष्य

काठमाडौंँ । महिला एशिया कप अन्तर्गत जारी खेलमा नेपालले पाकिस्तानलाई १ सय ९ रनको लक्ष्य दिएको छ । श्रीलंकाको दाम्बुलामा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउदै १ सय ८ रन बनायो । टोलीका लागि कविता जोशीले २३ बलमा ३१ रनको अविजित पारी खेलिन् । त्यस्तै सिता राना मगर (२६), पुजा महतो (२५) र कविता कुँवरले (१३) रन बनाए ।

पाकिस्तानकी सादिया इकवाललले २ र फतिमा सानाले १ विकेट लिए । नेपालका ३ खेलाडी रन आउट भए ।

नेपालले समुह ए अन्तर्गत आफ्नो पहिलो खेलमा युएईमाथि ६ विकेटको जित हासिल गरेको थियो भने पाकिस्तान आफ्नो पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।

नेपालले समुह ए को तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका रहेको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.