लेख विवरण

महिला एशिया कप : नेपालको चौथो विकेट खस्यो

महिला एशिया कप : नेपालको चौथो विकेट खस्यो

काठमाडौंँ । जारी महिला एशिया कप अन्तर्गत पाकिस्तानविरुद्धको खेलमा नेपालले चौंथो विकेट गुमाएको छ । टस हारेर ब्याटिङ गरिरहेको नेपालले चौथो विकेटको रुपमा रुविना क्षेत्रीलाई गुमाएको हो । रुविना ८ रन बनाएर रन आउट भइन । यसअघि नेपालकी ओपनर सम्झना खड्का ४ र कविता कुँवर १३ र कप्तान इन्दु बर्मा शुन्य बनाएर आउट भए । पाकिस्तानकी सादिया इकवाललले २ र फतिमा सानाले १ विकेट लिए ।

पाकिस्तानले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेसँगै नेपाली महिला टिमले पहिला ब्याटिंग गरिरहेको हो ।

नेपालले समुह ए अन्तर्गत आफ्नो पहिलो खेलमा युएईमाथि ६ विकेटको जित हासिल गरेको थियो भने पाकिस्तान आफ्नो पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।

नेपालले समुह ए को तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका रहेको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.