महिला एशिया कप : नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित
काठमाडौंँ । श्रीलंकामा जारी महिला टी–२० एसिया कपमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पाकिस्तानलाई जितका लागि १ सय ९ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पाकिस्तानले ११.५ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । टोलीको जितमा गुल फिरोजाले अर्धसतकीइ पारी खेल्दै ३५ बलमा ५७ रनको योगदान दिइन् । यस क्रममा उनले १० चौंका प्रहार गरिन । त्यस्तै विकेटकिपर मुनिबा अलीले ३४ बलमा ४६ रनको अविजित पारी खेलिन् । उनले ८ चौंका प्रहार गरिन् । बलिङमा नेपालका लागि कविता जोशीले १ विकेट लिइन् ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउदै १ सय ८ रन बनाएको थियो । टोलीका लागि कविता जोशीले २३ बलमा ३१ रनको अविजित पारी खेलिन् । यस क्रममा उनले ४ चौंका र १ छक्का प्रहार गरिन् । त्यस्तै सिता राना मगर (२६), पुजा महतो (२५) र कविता कुँवरले (१३) रन बनाए । त्यस बाहेक नेपालका अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन् । पाकिस्तानकी सादिया इकवाललले २ र फतिमा सानाले १ विकेट लिए । नेपालका ३ खेलाडी रन आउट भए ।
नेपालले समुह ए अन्तर्गत आफ्नो पहिलो खेलमा युएईमाथि ६ विकेटको जित हासिल गरेको थियो भने पाकिस्तान आफ्नो पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।
नेपालले समुह ए को तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका रहेको छ । सेमिफाइनलमा पुग्नको लागि भारतसँगको खेल नेपाललाई जित्नै पर्ने दबाब सिर्जना भएको छ ।

टिप्पणी लेख्नुहोस्