लेख विवरण

मलेसियामा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपाललाई ७ स्वर्ण सहित १० पदक

मलेसियामा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपाललाई ७ स्वर्ण सहित १० पदक

क्वालालम्पुर । मलेसियामा जुलाई २१ तारीख भएको सातौं गेविन मलेसिया ओपन तेक्वान्दो च्याम्पियन २०२४ मा नेपाली खेलाडीहरुले ७ स्वर्ण र ३ रजत गरि १० पदक जित्न सफल भएका छन् ।

सेलाङ्गोर राज्यको केलाङ शहर स्थित एस्प्लेनेड मलमा सम्पन्न खेलमा नारायण नहर्की, अब्बास अन्सारी, मनिष पौडेल, सुजल कँडेल, दर्शन बराल, रिशभ शर्मा र प्रयाद ढकालले स्वर्ण पदक जितेका थिए । त्यस्तै हेम प्रसाद भट्ट (सन्तोष), सुजन रोका र जुनेत खानले रजत पदक जिते ।

नेपालबाट मलेसियामा पुगेका १६ जनाको टोलिमा १२ खेलाडी सहित टिम म्यानेजर आशिष घिमिरे, रेफ्री उमर खान र प्रशिक्षक द्वय रोशन खान र कमल भट्टराई रहेका थिए । रोशन खान तेक्वान्दो चितवन जिल्लाका प्रशिक्षक पनि हुन ।

आईतवार सम्पन्न खेलमा मलेसिया, नेपाल, जापान, ईन्डोनएसिया, ब्राजिल, चाईना, ताईवान, भारत गरि जम्मा ८ देशको सहभागी रहेको थियो।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.