लेख विवरण

टी–२० मा श्रीलंकाको सबैभन्दा ठूलो जित, मलेसियालाई १४४ रनले हरायो

टी–२० मा श्रीलंकाको सबैभन्दा ठूलो जित, मलेसियालाई १४४ रनले हरायो

काठमाडौंँ । श्रीलंकाले टी–२० क्रिकेटमा सबैभन्दा ठूलो जित हात पारेको छ । टोलीले महिला एसिया कपमा मलेसियालाई १४४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । श्रीलंकाका लागि कप्तान चमारी अटापट्टुले १ सय १९ रनको शतकीय पारी खेलिन । उनी जारी प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेकी छिन् ।

दाम्बुलामा सोमबार भएको खेलमा श्रीलङ्काले टस जितेर ब्याटिङ गरेको थियो । कप्तान चमारी अटापट्टूको शतकको मद्दतमा टिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनाएको थियो । त्यसपछि मलेसिया १९.५ ओभरमा ४० रनमा अलआउट भयो । खेलको प्लेयर अफ दि म्याच चमारी अटापट्टु घोषित भइन् ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.