पेरिस ओलम्पिकमा एकभन्दा बढी स्वर्ण पदक जित्ने सक्ने पाँच खेलाडीहरु
काठमाडौंँ । पेरिस ओलम्पिक जुलाई २६ देखि सुरु हुँदैछ । ओलम्पिकमा विश्वभरका १० हजारभन्दा बढी खेलाडीले भाग लिनेछन् । खेलकुदको यो सबैभन्दा ठूलो इभेन्टमा पदक जित्नु एक खेलाडीका लागि ठूलो उपलब्धि हो । तर केही खेलाडीयस्ता पनि छन्, जसले एकभन्दा बढी स्वर्ण पदक जित्न सक्छन् । आज हामी तपाईंलाई पेरिस ओलम्पिकमा एकभन्दा बढी स्वर्ण जित्न सक्ने ती ५ खेलाडीको बारेमा बताइरहेका छौं ।
१. एरियन टिटमस– अष्ट्रेलिया
![]()
२३ वर्षीया एरियन टिटिमस अस्ट्रेलियाकी हुन् । उनले टोकियो ओलम्पिकमा पौडीमा कुल ४ पदक जितेकी थिइन । उनले गत वर्ष विश्व च्याम्पियनसिपमा पनि दुई स्वर्ण जितेकी थिइन । टिटमसले २०० र ४०० मिटर फ्रिस्टाइल इभेन्टका लागि विश्व कीर्तिमान पनि बनाएकी छन् । उनले यो ओलम्पिकमा ३–४ स्वर्ण जित्दा कुनै आश्चर्य हुने छैन ।
२. दाइकी हाशिमोतो– जापान
![]()
जापानका दाइकी हाशिमोतो जिम्न्यास्टिक खेलाडी हुन् । उनले गत वर्ष विश्व च्याम्पियनसिपमा तीन स्वर्ण जितेका थिए । २२ वर्षीय हाशिमोतो फेरि एकपटक ओलम्पिकमा आफ्नो इभेन्ट्समा प्रबल दाबेदारका रुपमा प्रवेश गर्नेछन् । फर्म र पछिल्लो रेकर्ड हेर्दा उनले एकभन्दा बढी स्वर्ण जित्न सक्छन् ।
३. क्रिस गिउलियानो- अमेरिका
![]()
२१ वर्षीय क्रिस गिउलियानोमाथि अमेरिकाको पौडीको विरासतलाई अगाडि बढाउने जिम्मेवारी छ । उनले पेरिस ओलम्पिकमा ५ इभेन्टमा भाग लिनेछन् । यसमा ५०, १०० र २०० मिटर फ्रिस्टाइल, साथै ४ गुणा १०० र ४ गुणा २०० मिटर समावेश छ । १०० मिटर ट्रायलमा उनले ओलम्पिक च्याम्पियन कालेब ड्रेसेललाई पराजित गरेका थिए ।
४. मार्सेल जेकब्स– इटाली
![]()
मार्सेल जेकब्स हाल विश्वको सबैभन्दा तीव्र गतिका धावक हुन्। टोकियो ओलम्पिकमा उनले १०० मिटर र ४ गुणा १०० मिटरदौडमा स्वर्ण पदक जितेका थिए । एक समय उनी लङ जम्पर थिए । पेरिसमा पनि यीनले फेरि दुई स्वर्ण पदक जित्ने अपेक्षा गरिएको छ ।
५. वाङ चुकिन– चीन
![]()
वाङ चुकिन टेबल टेनिस खेलाडी हुन् । उनी अहिले विश्वको नम्बर एक खेलाडी पनि हुन् । उनकै कारण ५ पटकका ओलम्पिक स्वर्ण पदक विजेता मा लोङले पेरिसमा हुने एकल इभेन्टमा सहभागिता जनाउने छैनन् । वाङले एकल, टिम र मिक्स डबल्समा स्वर्ण पदकका लागि पनि प्रतिस्पर्धा गर्नेछन् ।

टिप्पणी लेख्नुहोस्