महिला एशिया कप: आज नेपालको सामना भारतसँग
काठमाडौँ । जारी महिला एशिया कप अन्तर्गत आज नेपालले भारतको सामना गर्दै छ । यो खेल आज नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदै छ ।
यस प्रतियोगितामा भारतले लगातार २ खेल जितेको छ भने नेपालले एक जित र एक हार बेहोरेको छ ।
भारतले पाकिस्तान र युएईलाई पराजित गरेको थियो भने नेपालले युएईलाई पराजित गरेको थियो भने पाकिस्तानसँग पराजित भएको थियो ।
यसअघि सन् २०१६ को एसिया कपमा दुवै टोली आमनेसामने भए पनि उक्त खेलमा नेपाली महिला टोलीलाई अन्तर्राष्ट्रिय मान्यता दिइएको थिएन । आइसिसीले सन् २०१८ मा टी–२० खेल्ने सबै महिला टोलीलाई अन्तर्राष्ट्रिय टी–२० मान्यता दिएको थियो ।
त्यसपछि नेपाली महिला टिमले पनि टी–२० मान्यता पायो । भारतले आफ्नो पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल १२ जनवरी २०१९ मा चीनसँग खेलेको थियो। यही कारणले सन् २०१८ भन्दा अघिका कुनै पनि टी–२० खेललाई अन्तर्राष्ट्रिय खेलमा गणना गरिँदैन । जसमा सन् २०१६ को एसिया कपमा भारतविरुद्धको खेल पनि समावेश छ ।
त्यस्तै समुह ए अन्तर्गत आजै पाकिस्तान र युएईबीच खेल हुदै छ । यो खेल नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि शुरु हुदै छ । यस प्रतियोगितामा पाकिस्तानले २ खेलमा एक जित र एक हार बेहोरेको छ भने युएईले दुवै खेलमा हार बेहोरेको छ ।
एशिया कप खेल्ने नेपाली टिम:
इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कबिता कुँवर, सम्झना खड्का, कबिता जोशी, पुजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, काजल श्रेष्ठ र राजमती ऐरी ।

टिप्पणी लेख्नुहोस्