भारतविरुद्धको टी–२० सिरिजका लागि श्रीलंकाको कप्तान परिवर्तन
काठमाडौंँ । श्रीलङ्काले भारतसँग हुने तीन खेलको टी–२० सिरिजका लागि टोली घोषणा गरेको छ । जुलाई २७ देखि सुरु हुने सिरिजका लागि मंगलबार १६ सदस्यीय टोली घोषणा गरिएको हो । टोलीको नेतृत्व चरिथ असालान्काले गर्नेछन् । श्रीलङ्का भ्रमणका लागि भारतीय टोली सोमबार कोलम्बो पुगेको छ । आइसिसी टी–२० विश्वकपको पहिलो चरणबाटै बाहिरिएपछि श्रीलंकाका कप्तान वानिन्दु हसारंगाले पदबाट राजीनामा दिएका छन् । यो सिरिजमा टिमले नयाँ कप्तानसँग खेल्नेछ ।
श्रीलङ्काको टोलीले नयाँ कप्तानसँग भारतविरुद्ध खेल्नेछ । आइसिसी टी–२० विश्वकपमा खराब प्रदर्शनको जिम्मेवारी लिँदै स्टार स्पिनर वानिन्दु हसारंगाले कप्तानीबाट राजीनामा दिएका थिए । यो सिरिजमा उनी खेलाडीको रुपमा टिमको हिस्सा हुनेछन् । असालान्कालाई टी–२० सिरिजमा भारतविरुद्धको टिमको कप्तानीको जिम्मेवारी दिइएको छ ।
श्रीलङ्काको टी–२० टोली : चरिथ असालान्का (कप्तान), पाथुम निसानका, कुशल परेरा, अविष्का फर्नांडो, वानिंदु हसरंगा, कुसल मेंडिस, दिनेश चंडीमल, कामिन्दु मेंडिस, दुनिथ वेल्लालगा, दासुन शनाका, महीश थीक्षणा, चामिन्दु विक्रमसिंघे, मथीशा पाथिराना, नुवान तुषारा, दुष्मंता चमीरा र बिनुरा फर्नांडो
भारतीय टोली : सूर्यकुमार यादव (कप्तान), शुभमन गिल, यशस्वी जैसवाल, रिंकु सिंह, रियान पराग, ऋषभ पन्त, सञ्जु सैमसन, हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल, वाशिंगटन सुन्दर, रवि बिश्नोई, अर्शदीप सिंह, खलील अहमद र मोहम्मद सिराज।
Sri Lanka announces the T20I squad for the India series, with Asalanka named as captain. #SLvIND pic.twitter.com/O5oeyFtLHU
— Sri Lanka Cricket 🇱🇰 (@OfficialSLC) July 23, 2024

टिप्पणी लेख्नुहोस्