सन् १९७२ को म्युनिख ओलम्पिक, जाँहा ११ खेलाडीको हत्या भएको थियो
काठमाडौंँ । सन् १९७२ को म्युनिख ओलम्पिकमा जर्मनीका सडकहरू उज्यालोले भरिएको थियो। जताततै चमक छाएको थियो । जर्मनीले यो ग्रीष्मकालीन ओलम्पिक आयोजना गरेर अब हिटलरको छायाबाट पूर्ण रूपमा मुक्त भएको देखाउन चाहेको थियो। तर, यो ओलम्पिकमा एउटा यस्तो अप्रिय घट्ना घट्यो, जसलाई सम्झँदा आज पनि मुटु काँप्छ ।
म्युनिख ओलम्पिकको खेल गाउँ खेलाडीहरूले भरिएको थियो। त्याहाँ उत्सव र खुसीको माहौल थियो । सन् १९७२ सेप्टेम्बर ५ को राती, प्यालेस्टाइनका ८ आतंकवादीहरु ओलम्पिक खेल गाउँ तर्फ बढन थाले। उनीहरुको काँधमा स्पोर्ट्स झोला र हातमा कलाश्निकोभ असल्ट राइफल चम्किरहेको थियो। यी आतंकवादीहरूको समूहको नाम ‘ब्ल्याक सेप्टेम्बर’ थियो। बिहान करिब ४ बजे खेलकुद गाउँको बाउन्ड्री पर्खाल नजिक पुगेका आतङ्ककारीहरू ८ फिट अग्लो पर्खाल चढेर खेलकुद गाउँमा प्रवेश गरे । त्यतिबेला केही अमेरिकी खेलाडीहरू रातभर पार्टी गरेर आफ्नो खेमामा फर्किरहेका थिए। तिनीहरूमध्ये धेरैजसो मातेका थिए, त्यसैले तिनीहरूमाथी कसैले ध्यान दिएनन्।

आतंककारीहरू गर्जनसहित इजरायली खेलाडीहरूको खेमा तर्फ लागे। इजरायली खेलाडीहरू गहिरो निद्रामा थिए । आतंककारीहरूले पहिले मास्टर चाबीले हलको ढोका खोले र त्यसपछि फ्ल्याटको गेट तोड्न थाले। यसैबीच, इजरायली कुस्ती टोलीका रेफ्री योसेफ गुटफ्रेन्ड उठे। उनले ढोका तर्फ हेरे र प्वालबाट कलाश्निकोभ बोकेको मान्छे देखे। योसेफले तुरुन्तै महसुस गरे कि केहि गलत हुन लागेको छ र अन्य खेलाडीहरूलाई चेतावनी दिन चिच्याए।
६ फिट ३ इन्च अग्ला र १४० केजी तौल भएका योसेफ आफ्नो पूर्ण शक्तिका साथ ढोका पछाडि उभिएर आतंककारीहरूलाई रोक्ने प्रयास गरे। करिब १० सेकेन्डपछि आतंककारीहरूले ढोका तोड्न सफल भए र पहिले योसेफलाई समाए। यसपछि त्यहाँ रहेका अन्य खेलाडीलाई बन्दुकको बटले प्रहार गरी भुइँमा लड्न बाध्य पारे ।

त्यसपछि आतंककारीहरू इजरायली खेलाडीहरू बस्ने अन्य फ्ल्याटतर्फ लागे। करिब २५ मिनेटपछि आतंककारीहरूले दुई इजरायली खेलाडीको हत्या गरे र दुई खेलाडीहरू भाग्न सफल भए। ९ खेलाडीलाई बन्धक बनाइयो । बीबीसीको रिपोर्ट अनुसार त्यहाँबाट भाग्न सफल भएका दुई इजरायली खेलाडीले आवाज निकाल्न थाले । केही मिनेटमै जर्मन पुलिस खेलकुद गाउँमा पुग्यो।
प्रहरीहरुले आतंकवादीहरुलाई चारै तर्फबाट घेर्न सफल भए । यसैबीच, एक आतंकवादीले बालकनीबाट एउटा कागज तल फ्याँके, जसमा अंग्रेजीमा उनको माग लेखिएको थियो। पहिलो माग इजरायल र जर्मनीमा थुनिएका उनका २३४ साथीलाई तत्काल रिहा गरी सुरक्षित स्थानमा पुर्याउन विमानको व्यवस्था गरिनुपर्छ । यसका लागि बिहान ९ बजेसम्मको समयसीमा तोकिएको थियो । जर्मनीकी चान्सलरले इजरायलकी प्रधानमन्त्री गोल्डा मीरलाई फोन गरेर आतंकवादीको मागबारे बताए तर उनी त्यस्तो कुनै पनि माग मान्न तयार भएनन् ।

त्यसपछि जर्मन सरकारले आफै बन्धकहरूलाई मुक्त गर्ने योजना बनाए। उनले आफ्नो जहाज आतंकवादीहरूलाई दिन राजी भए। र निर्णय गरियो कि जब आतंकवादीहरू इजरायली बन्धकहरूसँग इजिप्ट जान्छन्, जर्मन कमान्डोहरूले तिनीहरूलाई उद्धार गर्नेछन्। तर, यो योजना जर्मनीमा नराम्ररी असफल भयो। जब आतंककारीहरू हेलिकप्टरबाट बन्धकहरू लिएर एयरपोर्टमा पुगे, उनीहरूले इजिप्ट लैजान कुरिरहेको विमानमा पाइलट पनि नभएको खबर पाए। उनीहरूले आफ्नो अन्तिम क्षण नजिकै आएको महसुस गरे र बन्धकहरू रहेको हेलिकप्टरमा ग्रेनेड हाने। केही बेरमै हेलिकप्टरमा आगो लाग्यो र सबै ९ इजरायली खेलाडीले ज्यान गुमाए।
इजरायली गुप्तचर एजेन्सी मोसादका प्रमुख ज्वी जामिरले विमानस्थलको भवनबाट सम्पूर्ण घटना हेरिरहेका थिए। उनले चाहेर पनि केही गर्न सकेन । उनले प्रधानमन्त्री गोल्डा मीरलाई फोन गरेर मसँग निकै नराम्रो खबर आएको बताए । मीरको हातबाट फोन तल खस्यो ।
म्युनिख समर ओलम्पिकमा आफ्ना खेलाडीको निर्मम हत्यापछि इजरायल आक्रोशित भएको थियो । संसदमा सबै दलको बैठक बोलाइयो । प्रधानमन्त्री गोल्डा मीरले ठूलो स्वरमा आतंकवादविरुद्ध ‘युद्ध’ घोषणा गरिन् । उनलाई संसदमा उपस्थित सबैले साथ दिए । त्यसपछि आतंककारीहरूबाट बदला लिन एउटा खुफिया मिसन सुरु गरिएको थियो। जसलाई 'र्याथ अफ गड' अर्थात् 'ईश्वरको क्रोध' नाम दिइएको थियो।
इजरायली सरकारले मोसादलाई पूर्ण स्वतन्त्रता दियो र उनीहरूलाई लक्ष्य दियो कि आतंकवादीहरू संसारको जुनसुकै ठाउँमा लुकेका छन्, जतिसुकै पैसा खर्च गरे पनि मार्नु पर्छ। माइक हरारीलाई यस गुप्तचर अभियानको इन्चार्ज बनाइएको थियो। यसपछि ‘वास्तविक’ मोसादको जन्म भयो । मोसादले सन् १९७२ अक्टोबर १६ पहिलो टारगेट पुरा गर्यो । त्यसपछिका केही वर्षसम्म मोसादले युरोपदेखि मध्यपूर्वसम्मका विभिन्न देशहरूमा लुकेर बसेका आतंकवादीहरूलाई खोजी खोजी मार्न थाले।

टिप्पणी लेख्नुहोस्