सन्दीप र दिपेन्द्र क्यानडामा ग्लोबल टी–२० लिगमा आज खेल्दै
काठमाडौंँ । चर्चित नेपाली क्रिकेटर सन्दीप लामिछाने र दिपेन्द्र सिह ऐरि क्यानडामा जारी ग्लोबल टी–२० लिगमा आज खेल्दै छन् । दुबै भ्यान्कोभर नाइटसका लागि अनुबन्धन भएका थिए । भ्यान्कोभर नाइटसले आज सन्दीप र दिपेन्द्रलाई आफ्नो प्लेइङ ११ मा समावेस गरेको छ । खेलमा भ्यान्कोभरले टस जितेर बलिङ गरिरहेको छ ।
भ्यान्कोभरको लागि बलिङ गर्ने क्रममा सन्दीपले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिएका छन् । उनले बंगला टाइगर्स मिसिसाउगाका कप्तान तथा बङलादेशका स्टार अलराउन्डर सकिब अल हसनलाई एलबिडब्लुको शिकार बनाए । त्यस्तै उनले दक्षिण अफ्रिकाका डेभिड विसेलाई पनि एलबिडब्लु धरापमा पारेका थिए ।
बंगला टाइगर्सले भ्यान्कोभरलाई १ सय ५३ रनको लक्ष्य दिएको छ ।

टिप्पणी लेख्नुहोस्