सन् २०२५ र २०२७ को एसिया कप भारत र बंगलादेशले आयोजना गर्ने
काठमाडौंँ । भारतले सन् २०२५ मा आयोजना हुने पुरुष एसिया कपको आयोजना गर्नेछ । प्रतियोगिताको यो संस्करण टी–२० फर्म्याटमा खेलाइनेछ । भारतले सन् २०२६ मा टी–२० विश्वकप आयोजना गर्नुपर्ने छ । सन् २०१६ मा पहिलो पटक एसिया कप टी–२० फर्म्याटमा खेलिएको थियो र त्यसयता आगामी विश्वकपलाई लक्षित गरी यो प्रतियोगिताको प्रारूप निर्धारण गरिएको छ ।
सन् २०२३ मा पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले यो प्रतियोगिताको आयोजना गरेको थियो र भारतले पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेपछि भारतका खेलहरू श्रीलङ्कामा आयोजना गरिएको थियो।
सन् २०२७ मा बंगलादेशले आयोजना गर्ने एसिया कप एकदिवसीय फरम्याटमा खेलाइनेछ । एकदिवसीय विश्वकप सोही वर्ष दक्षिण अफ्रिकामा हुने तय भएको छ ।
भारत र बंगलादेशमा हुने एसिया कपमा १३–१३ खेल हुनेछन् ।

टिप्पणी लेख्नुहोस्