धनुषामा प्रदेशस्तरीय कबड्डी प्रतियोगिता हुने
जनकपुर । धनुषा जिल्लाको सबैला नगरपालिका–६ गाविन्दपुरमा प्रदेशस्तरीय कबड्डी प्रतियोगिता आयोजना हुने भएको छ । भाद्र १० देखी १२ सम्म आयोजना हुने प्रतियोगितामा मधेश प्रदेशका ८ जिल्लाहरु सहित आयोजकको टोलीले सहभागिता जनाउने भएका छन् ।
प्रतियोगितामा प्रत्येक टोलीका १२ जना खेलाडीका दरले कुल १०८ जना कबड्डी खेलाडीहरु सहभागि हुनेछन् ।
प्रतियोगिताले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुदका लागि समेत खेलाडी छनोट गर्न सहयोग पुग्ने मधेश प्रदेश कबड्डी संघले जनाएको छ ।
प्रतियोगिताको विजेताले ३१ हजार रुपैयाँ सहित ट्रफी तथा प्रमाणपत्र र उपविजेताले २१ हजार रुपैयाँ, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्