लेख विवरण

चौथो महिला राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता श्रावण २४ देखि

चौथो महिला राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता श्रावण २४ देखि

काठमाडौंँ । नेपाल तेक्वान्दो संघको आयोजनामा श्रावण २४ देखि २६ गते सम्म “चौथो महिला राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता– २०८१” को आयोजना हुने भएको छ । ललितपुर, सातदोबाटो स्थित नेपाल तेक्वान्दो संघको केन्द्रीय तेक्वान्दो एकेडेमी हलमा हुने प्रतियोगितामा ३ वटै विभागीय टोली लगायत सात प्रदेशका महिला तेक्वान्दो खेलाडीहरुको सहभागिता रहनेछ ।

प्रतियोगिताको ग्यरोगी (फाईट) र पुम्से (फर्म) विधा तर्फ ४ सय ४५ खेलाडीहरुले सहभागिताका लागि नाम दर्ता गरेको आयोजक नेपाल तेक्वान्दो संघले जनाएको छ । जसमा ५२ ओटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता सञ्चालन गर्न संघद्धारा ४० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला निर्णायक र प्राविधिक परिचालन गरिने भएको छ । प्रतियोगिताको श्रावण २४ गतेका दिन भव्य समारोहका बिच उद्घाटन हुने कार्यक्रम तय गरिएको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई राष्ट्रिय टिममा समावेश गर्नका लागि चयन गरिनेछ ।

 
चौथो महिला राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता श्रावण २४ देखि

टिप्पणी लेख्नुहोस्

Please Login to comment.