बंगलादेशको पाकिस्तान भ्रमण अनिश्चित !
काठमाडौंँ । बंगलादेशको आसन्न पाकिस्तान भ्रमण अनिश्चित जस्तै बनेको छ । खराब परिस्थितिका कारण बंगलादेशको पाकिस्तान भ्रमण रद्द हुने सम्भावना बढेको छ । अगष्ट २१ देखि सुरु हुने पाकिस्तान भ्रमणमा बंगलादेशी टोलीले दुई टेस्ट म्याच खेल्नुपर्ने छ तर पूर्व प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि बंगलादेशमा अराजकताको स्थिति सिर्जना भएको छ । बंगलादेशले पाकिस्तानविरुद्धको पहिलो टेस्ट अगस्ट २१ देखि रावलपिण्डी र दोस्रो अगस्ट ३० देखि खेल्ने तय भए पनि देशमा संकटको स्थिति उत्पन्न भएपछि बंगलादेशी टोलीको पाकिस्तान भ्रमण खतरामा परेको छ ।
"पाकिस्तान क्रिकेट बोर्डलाई बंगलादेशको अवस्थाबारे जानकारी छ र यसैकारण उनीहरूले बंगलादेशी टोलीलाई रावलपिण्डीमा चाँडै आउन प्रस्ताव गरेका छन् ताकि श्रृंखला नियमित तालिकामा खेलाउन सकियोस्।पीसीबीले बंगलादेशलाई थप होस्टिङ डे र सबै प्रशिक्षण सुविधाको प्रस्ताव गरेको छ तर अहिलेसम्म बंगलादेशबाट कुनै प्रतिक्रिया आएको छैन," पीसीबी स्रोतले पीटीआईलाई भन्यो।
सिनियर टोलीबाहेक बंगलादेश 'ए' टिमको पाकिस्तान भ्रमण पनि संकटमा परेको छ । पूर्व टेस्ट कप्तान मोमिनुल हकले पाकिस्तान शाहीन (ए) विरुद्धको सिरिजमा बंगलादेश 'ए' बाट खेल्ने तय भएको थियो । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का स्रोतका अनुसार पाकिस्तान क्रिकेट बोर्डले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) लाई आफ्नो टेस्ट टोलीलाई जतिसक्दो चाँडो रावलपिण्डीमा ल्याउन प्रस्ताव गरेको छ।
पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) स्रोतका अनुसार टेस्ट सिरिज आयोजना का लागि बोर्ड बंगलादेश क्रिकेट बोर्डसँग सम्पर्कमा छ तर यस्तो कठिन वातावरणमा सञ्चार कायम राख्न निकै कठिन छ । उनले भने, 'बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हुसेन पनि देश छोड्ने तयारीमा छन्, जसले गर्दा बोर्डले पनि सामान्य रुपमा काम गर्न नसकेको देखिन्छ ।'

टिप्पणी लेख्नुहोस्