अफगानिस्तानका यी क्रिकेटरमाथि ५ वर्षको प्रतिबन्ध, कुनै पनि फर्म्याटमा क्रिकेट खेल्न नपाउने
काठमाडौंँ । अफगानिस्तानका क्रिकेटर इहसानउल्लाह जनतलाई भ्रष्टाचारमा मुछिएपछि पाँच वर्षका लागि सबै खाले क्रिकेटबाट प्रतिबन्ध लगाइएको छ । अफगानिस्तान क्रिकेट बोर्डले काबुल प्रिमियर लिगको दोस्रो संस्करणमा एसीबी र आइसिसीको एन्टी करप्सन कोडको उल्लङ्घन भएको बताएको छ । एसीबीका अनुसार जनतले आइसिसीको एन्टी करप्सन कोडको धारा २.१.१ को उल्लङ्घन गरेको पाइएको छ ।
सबै उल्लङ्घनलाई ध्यानमा राख्दै शीर्ष क्रमका ब्याट्सम्यानलाई क्रिकेटसँग सम्बन्धित सबै गतिविधिमा पाँच वर्षको प्रतिबन्ध लगाइएको छ । जनतले पनि उक्त गतिविधिमा आफ्नो संलग्नता स्वीकार गरेका छन् । जनतले अफगानिस्तानका लागि तीन टेस्ट, १६ एकदिवसीय र एक टी–२० अन्तर्राष्ट्रिय खेल्दै क्रमशः ११०, ३०७ र २० रन बनाएका छन् ।

टिप्पणी लेख्नुहोस्