लेख विवरण

बंगलादेशमा प्रदर्शनकारीले गरे क्रिकेटरको घरमा आगजनी

बंगलादेशमा प्रदर्शनकारीले गरे क्रिकेटरको घरमा आगजनी

काठमाडौंँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि बंगलादेश हिंसा र अराजकताको चपेटामा परेको छ । यसैबीच बंगलादेश क्रिकेट टोलीका पूर्वकप्तान मशरफे मुर्तजाको घरमा प्रदर्शनकारीले आगजनी गरेको ढाका ट्रिब्यूनले जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार शेख हसिनाले देश छाडेपछि प्रदर्शनकारीले मुर्तजाको घरमा तोडफोड गरी आगजनी गरेका थिए । मुर्तजाले आफ्नो लामो क्रिकेट करियरमा ३६ टेस्ट, २२० एकदिवसीय र ५४ टी–२० अन्तर्राष्ट्रियमा ३९० विकेट लिएका छन् । उनले सबै फर्म्याटको ११७ खेलमा बंगलादेशको नेतृत्व गरेका छन्, जुन उनको देशका लागि सबैभन्दा बढी हो ।

क्रिकेट छोडेपछि उनी सन् २०१८ मा हसिना नेतृत्वमा रहेको अवामी लिगमा सामेल भएर राजनीतिमा प्रवेश गरेका थिए । मशरफे खुल्ना डिभिजनको मुर्तजा नराइल–२ बाट सांसद निर्वाचित भएका थिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.