लेख विवरण

श्रीलङ्काले भारतलाई ११० रनको फराकिलो अन्तरले हरायो

श्रीलङ्काले भारतलाई ११० रनको फराकिलो अन्तरले हरायो

काठमाडौंँ । श्रीलङ्काविरुद्धको तेस्रो एकदिवसीय खेलमा भारत ११० रनको फराकिलो अन्तरले पराजित भएको छ । यससँगै श्रीलंकाले सिरिज २–० ले जितेको छ । २७ वर्षपछि श्रीलंकाको टोलीले भारतविरुद्धको एकदिवसीय शृंखला जित्न सफल भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ८ विकेट गुमाएर २ सय ४८ रन बनाएको थियो । जवाफमा भारत २६.१ ओभरमा अलआउट हुँदै १३८ रनमा समेटियो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ३५ रनबनाए । जबकि वाशिंगटन सुंदरले ३० रन बनाए। श्रीलंकाका लागि डुनिथ वेलालेजले सर्वाधिक ५ विकेट लिए । महेश थेक्साना र जेफरी भान्डरसेले २–२ विकेट लिए । असिता फर्नांडोले १ सफलता प्राप्त गरे।

२ सय ४९ रनको लक्ष्य पछ्याउने क्रममा भारतले खराब सुरुवात गरेको थियो । ओपनर शुभमन गिल ६ रन बनाएर आउट भए। उनलाई असिथा फर्नान्डोले पवेलियनको बाटो देखाए । त्यसपछि राम्रो फर्ममा रहेका रोहित शर्माले लामो इनिङस खेल्न नसकेर २० बलमा ३५ रन बनाएर डुनिथ वेलालेजको शिकार बने । ऋषभ पन्त पनि ६ रन बनाउदै पवेलियनको बाटो तताए ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका विराट कोहलीले पनि केही खास गर्न सकेनन् र २० रन बनाउदै आउट भए । उनलाई डुनिथ वेल्लेजले आउट गरेका थिए । त्यसपछि श्रेयस अय्यर पनि ८ रन बनाएर आउट भए । उनलाई डुनिथ वल्लालेजले पवेलियन जाने बाटो देखाए । अक्षर पटेलले २ रन बनाए । त्यसपछि जेफरी भ्यान्डरसेले रियान परागलाई आउट गरे । पराग १५ रन बनाएर पेभेलियन फर्किए । शिवम दुबेले ९ रन बनाए । अन्तिममा वासिङ्टन सुन्दरले २५ बलमा ३० रन जोडे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ७ विकेट गुमाएर २ सय ४८ रन बनाएको थियो । श्रीलङ्काका लागि अविष्का फर्नान्डो शतक प्रहार गर्नबाट चुके । उनले ९६ रन बनाए । कुशल मेन्डिसले ५९ रनको योगदान दिए । बलिङतर्फ भारतका रियान परागले ३ विकेट लिए । सिराज, अक्षर, सुन्दर र कुलदीपले समान १–१ विकेट लिए ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.