महासंघ र संघबीच सम्झौता
काठमाडौं । दक्षिण एसिया हाप्किडो महासंघ र मध्य एसिया हाप्किडो संघ बिच सहयोग अभिवृद्धिका लागि संझौता भएको छ ।
दक्षिण एसिया हाप्किडो महासंघका अध्यक्ष काली बहादुर घर्ती मगर र मध्य एसिया हाप्किडो संघका अध्यक्ष जफर नभईले इरानको राजधानी तेहरानमा भएको बैठक पछि दुई पक्षीय समझदारी पत्रमा हस्ताक्षर गरेका हुन ।
समझदारीमा गर्न हाप्किडो खेलको प्रवर्द्धन गर्ने, कला, विशेषज्ञता, नेतृत्व, ज्ञान र उत्कृष्ट अभ्यासहरू आदान–प्रदान गर्ने उल्लेख गरिएको महासंघ अध्यक्ष घर्तीमगरले जानकारी दिएका छन् ।
हाप्किडो खेलको विकास, आयोजना, डिजिटलाइजेशन र खेलको पूर्वधार विकास सम्बन्धी विषयमा सझौता भएको नेपाल हाप्किडो संघका केन्द्रिय महासचिव ईन्द्र बहादुर महराले जानकारी दिए ।

टिप्पणी लेख्नुहोस्