पूर्व इङ्लिस क्रिकेटर ग्राहम थोरपेले आत्महत्या गरेको पत्नीद्धारा खुलासा
काठमाडौंँ । इंग्ल्यान्डका पूर्व क्रिकेटर ग्राहम थोर्पले ७ दिनअघि आत्महत्या गरेका छन् । थोर्पेको मृत्यु भएको ७ दिनपछि सोमबार उनकी पत्नी अमान्डाले थोर्पले आत्महत्या गरेको खुलासा गरेकी छिन् । थोर्पले यसअघि पनि आत्महत्या प्रयास गरेको अमान्डाले बताइन् ।
अमान्डाले इङ्ल्यान्डका पूर्वकप्तान माइकल एथर्टनसँगको अन्तर्वार्तामा थोर्प खराब स्वास्थ्यका कारण डिप्रेसन र एन्जाइटीसँग जुधिरहेको बताइन। थोर्पेले मृत्यु हुनुअघि आफैंसँग लामो मानसिक र शारीरिक युद्ध लडेका थिए।
थोर्पको ५५ वर्षको उमेरमा अगस्ट ५ मा निधन भएको थियो। उनको निधनको घोषणा इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले गरेको थियो । मृत्युको कारण भने खुल्न सकेको थिएन ।
थोर्पले सन् १९९३ देखि २००५ सम्म इंग्ल्यान्डका लागि १०० टेस्ट खेलेका थिए । यसका साथै उनी इंग्ल्यान्डको सिनियर पुरुष टोलीको ब्याटिङ प्रशिक्षक पनि रहिसकेका थिए । उनी सन् २०२२ देखि नै गम्भीर बिरामी थिए । उनी अफगानिस्तानको मुख्य प्रशिक्षक पनि नियुक्त भएका थिए। तर, उनले आफ्नो कार्यकाल पूरा गर्न सकेनन् ।

टिप्पणी लेख्नुहोस्