एसिया कप जितेपछि श्रीलंकाका यी स्टार खेलाडीले आइसिसीबाट पाए अवार्ड
काठमाडौंँ । आइसिसीले जुलाई महिनाको लागि विशेष अवार्ड प्लेयर अफ द मन्थको घोषणा गरेको छ । यस पटकको अवार्ड आइसिसीले पुरुषतर्फ इंग्ल्यान्डका खेलाडीलाई दिएको छ । यस्तै महिलातर्फ श्रीलंकाकी एक खेलाडी छनोट भएकी छन् । श्रीलंकाको महिला टोलीले हालै फाइनलमा भारतीय महिला टोलीलाई पराजित गर्दै एसिया कपको उपाधि जितेको थियो । इंग्ल्यान्डका तीव्र गतिका बलर गस एटकिन्सनले वेस्ट इन्डिजविरुद्धको टेस्ट शृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेका थिए । श्रीलङ्का महिला क्रिकेट टिमकी कप्तान चमारी अटापट्टु जुलाईका लागि आइसिसी महिला खेलाडी घोषित भएकी छन् । उनले स्मृति मन्धाना र शेफाली वर्मालाई पछि पार्दै यो अवार्ड जितेकी हुन् ।
इंग्ल्यान्डका एटकिन्सनले वेस्ट इन्डिजविरुद्धको खेलमा डेब्यु गरेका थिए । उनले जेम्स एन्डरसनको बिदाइ खेलमा मौका पाएका थिए । जसमा एटकिन्सनले १२ विकेट लिएर उत्कृष्ट सुरुवात गरेका थिए । एटकिन्सनकै कारण उनको टोलीले इंग्ल्यान्डविरुद्धको खेलमा जित हात पार्न सकेको थियो । यस शृङ्खलामा उनको शानदार प्रदर्शनले उनलाई मान्यता दियो। जसका कारण उनले भारतका वासिङ्टन सुन्दर र स्कटल्याण्डका चार्ली क्यासलजस्ता प्रबल दाबेदारलाई पछि पार्दै यो अवार्ड जितेका हुन् । आफ्नो पहिलो टेस्ट शृङ्खलापछि आइसिसीको यो उपाधि पाउनु उनका लागि ठूलो कुरा हो ।
श्रीलंकाका कप्तान चमारी अटापट्टुले श्रीलंकामा भएको एसिया कपमा निकै राम्रो प्रदर्शन गरेकी थिइन् । एशिया कपको दौडान, उनले कप्तान र ब्याट्सम्यानको रूपमा आफ्नो टोलीको लागि लगातार रन बनाइन। उनको कप्तानीमा श्रीलङ्काले पहिलो पटक एसिया कपको उपाधि जितेको थियो । श्रीलङ्का क्रिकेटका लागि यो ठूलो कुरा हो । टोलीले फाइनलमा ७ पटकको च्याम्पियन भारतलाई निकै सहजताका साथ पराजित गरेको थियो ।

टिप्पणी लेख्नुहोस्