खेलकुद मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण
काठमाडौं, असार ९ गते ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले कीर्तिपुर क्रिकेट मैदानको सोमबार निरीक्षण गरेका छन् । कीर्तिपुर क्रिकेट मैदानमा हाल प्यारापिट निर्माण र फ्लडलाइट जडान सम्बन्धी काम भइरहेको छ ।
सोको प्रगति बुझ्न मन्त्री चौधरी कीर्तिपुर गएका हुन् । त्यस अवसरमा मन्त्री चौधरीले निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिए ।

टिप्पणी लेख्नुहोस्