लेख विवरण

भ्याली पब्लिक र केभीकेएसएस क्वाटरफाइनलमा

भ्याली पब्लिक र केभीकेएसएस क्वाटरफाइनलमा

काठमाडौंँ । भ्याली पब्लिक र केभीकेएसएस एसडब्लुएससी एसइइ थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गल्र्समा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बसुन्धरास्थित आयोजक साउथ वेस्टर्न स्टेट कलेज (एसडब्लुएससी) को कोर्टमा भ्याली पब्लिकले वारियर्सलाई १५–११ र बलर्सलाई १७–११ ले पराजित ग¥यो । केभीकेएसएसले मनास्लुलाई ९–७, त्रिज्योतिलाई ११–५ र जेबी स्कुललाई १३–८ ले हरायो ।

गल्र्समै वारियर्स, एनसीसीएस ‘ए’ र ‘बी’, एस्ट्रो बलस, ल्यान्डमार्क र त्रिज्योति पनि क्वाटरफाइनलमा पुग्न सफल भए ।

ब्वाइजमा भ्याली पब्लिक, मनास्लु ‘ए’ र ‘बी’, एनपी लायन्स ‘ए’, जेबी स्कुल, लाखे, ब्राइट फ्युचर, जीबीसीए ‘ए’ र ‘बी’, स्किब्स ‘ए’ र ‘बी’, बीएमके, हिमशीला, जीएलसी, एलएनए र तेजस्वीले प्रिक्वाटरफाइनल यात्रा तय गरे ।

प्रतियोगिताको एसडब्लुएससीका भाइस प्रिन्सिपल हरिसिंह केसी, प्रोग्राम को–ओर्डिनेटर राजेन्द्र लामिछाने, प्रोग्राम डाइरेक्टर गणेश महरा र इन्टरनेसनल रिलेसन को–ओर्डिनेटर सरिता शाक्य प्रधानले संयुक्त रुपमा एक कार्यक्रमबीच उद्घाटन गरे ।

प्रतियोगिताको ब्वाइजमा ३२ तथा गल्र्समा १८ टिम सहभागी छन् । दुवै समूहको विजेताले १५ हजार तथा उपविजेताले १० हजार नगदसहित प्लस टु अध्ययन गर्न छात्रवृत्ति पनि पाउने छन् । विजेता टोलीका प्रत्येक खेलाडी र ‘मोस्ट भेलुएबल प्लेयर’ ले ५० प्रतिशत छात्रवृत्ति पाउने छन् । उपविजेतालाई ४० प्रतिशत तथा सहभागी टिमका खेलाडीलाई २० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ । प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.