चितवन राइनोसद्वारा दोस्रो सिजनका लागि रिटेन्ड र रिलिज खेलाडीको सूची सार्वजनिक
चितवन, असार ९ गते:
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको तयारीमा रहेका चितवन राइनोस फ्रेन्चाइजले आगामी सिजनका लागि रिटेन्ड र छाडिएका रिलिज खेलाडीहरूको नामावली सार्वजनिक गरेको छ। फ्रेन्चाइजले सन्तुलित टिम बनाएर प्रतिस्पर्धात्मक सिजन खेल्ने जनाएको छ।
रिटेन्ड खेलाडीहरू:
मार्की खेलाडी: कुशल मल्ल
ग्रेड ए: रिजन ढकाल, कमल सिंह ऐरी
ग्रेड बी: दीपक बोहरा, अमरसिंह रौटेला
ग्रेड सी: गौतम केसी
रिलिज खेलाडीहरू:
ग्रेड ए: शरद भेषवाकर
ग्रेड बी: दिपेश श्रेष्ठ, विपिन रावल
ग्रेड सी: सन्तोष कार्की, रञ्जित कुमार
ट्यालेन्ट हन्ट खेलाडी: सलाउद्दिन खान
फ्रेन्चाइजले रिलिज खेलाडीहरूप्रति आभार व्यक्त गर्दै भविष्यका लागि शुभकामना दिएको छ। "हामीले टिममा नरहने खेलाडीहरूप्रति धन्यवाद ज्ञापन गर्दछौं। उनीहरूले दिएका योगदानहरू सधैं सराहनीय छन्। आगामी यात्राका लागि उनीहरूलाई सफलताको शुभकामना," विज्ञप्तिमा उल्लेख छ।
चितवन राइनोसले राखिएका खेलाडीहरूको बलियो कोर टिमका साथै नयाँ खेलाडी समावेश गरेर आगामी सिजनलाई अझ रोमाञ्चक बनाउने योजना बनाएको छ। कुशल मल्लको कप्तानीमा टिम दोस्रो सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित मैदान उत्रने तयारीमा रहेको छ।
टिप्पणी लेख्नुहोस्