लेख विवरण

१६औं नगरसभामा हक्की खेलको प्रवर्द्धनप्रति ध्यानाकर्षण, नगरप्रमुख र वडा सदस्यलाई झापा हक्की संघको आभार

१६औं नगरसभामा हक्की खेलको प्रवर्द्धनप्रति ध्यानाकर्षण, नगरप्रमुख र वडा सदस्यलाई झापा हक्की संघको आभार

झापा,

१६औं नगरसभाको अवसरमा हक्की खेलको प्रवर्द्धन र विकासको विषयलाई विशेष रूपमा उठाउनु भएकी वडा नं. ९ की सदस्य माननीय मञ्जु खड्का राउतज्यूलाई झापा हक्की संघले हार्दिक धन्यवाद प्रकट गरेको छ।

नगरसभामा हक्की खेलको आवश्यकता र सम्भावनाका विषयमा गरिएको सम्बोधनले खेलकुद क्षेत्रको महत्व उजागर गरेको भन्दै संघले यसलाई अत्यन्तै सकारात्मक संकेतका रूपमा लिएको जनाएको छ।

त्यस्तै, नगरसभामा प्रस्तुत विषयलाई सकारात्मक रूपमा ग्रहण गर्नु भएका नगरप्रमुख श्री गणेश पोखरेलज्यूले हक्की खेलप्रति आगामी दिनहरूमा समर्पित रूपमा ध्यान दिने आश्वासन दिनु भएकोमा झापा हक्की संघले उहाँप्रति समेत विशेष आभार व्यक्त गरेको छ।

"खेलकुदको माध्यमबाट युवालाई अनुशासित, सक्रिय र सशक्त बनाउने दिशामा यो कदम एक प्रेरणादायी संकेत हो," संघले वक्तव्यमा उल्लेख गरेको छ।

"हाम्रो साथ, हाम्रो हौसला, हाम्रै हक्की!" भन्ने नारासहित झापा हक्की संघले स्थानीय तहको सहयोग र अग्रसरतामा आगामी दिनमा झापामा हक्की खेलको उज्यालो भविष्य निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.