लेख विवरण

क्यानडामा ७औँ लखन थापा मगर स्मृति भलिबल कपको आयोजना हुँदै

क्यानडामा ७औँ लखन थापा मगर स्मृति भलिबल कपको आयोजना हुँदै

टोरन्टो, क्यानडा |

मगर संघ क्यानडा अन्तर्गत लाङघाली स्पोर्ट्स क्लबको आयोजनामा आगामी अगस्ट २, २०२५ मा टोरन्टो, क्यानडामा ७औँ लखन थापा मगर स्मृति भलिबल कप आयोजना हुने भएको छ। आयोजक संघले सबै मगर समुदाय, खेलप्रेमी, समर्थक र शुभेच्छुहरूलाई कार्यक्रममा सहभागी हुन सादर निमन्त्रणा गरेको छ।

नेपालका प्रथम सहिद लखन थापा मगरको स्मृतिमा समर्पित यस भलिबल प्रतियोगिता मगर समुदायको सांस्कृतिक पहिचान, खेलकुदको प्रवर्द्धन र आपसी सद्भाव अभिवृद्धिका लागि महत्त्वपूर्ण मानिन्छ।

आयोजकले जारी गरेको निमन्त्रणामा भनिएको छ, “तपाईंको उपस्थितिले यस ऐतिहासिक खेलकुद कार्यक्रमलाई अझ विशेष र सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ। यस अवसरमा तपाईंको साथ र सहकार्यको हार्दिक अपेक्षा गर्दछौँ।”

कार्यक्रममा क्यानडाभरिबाट सहभागी टिमहरूको प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ भने विजेता टिमलाई पुरस्कार तथा सम्मान प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

मगर संघ क्यानडा परिवारले यो कार्यक्रमलाई मगर समुदायको एकता, साहस र राष्ट्रिय गौरवको प्रतीकको रूपमा अगाडि बढाइरहेको जनाएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.