लिभरपुलका डिफेन्डर नेट फिलिप्स वेस्ट ब्रोमसँग तीन वर्षका लागि अनुबन्धित
बर्मिङ्घम | इङ्ग्लिस च्याम्पियनसिप क्लब वेस्ट ब्रोमविच अल्बियनले लिभरपुलबाट डिफेन्डर नेट फिलिप्सलाई अनुबन्ध गरेको छ। क्लबले ट्रान्सफर फी गोप्य राख्दै २८ वर्षीय फिलिप्ससँग तीन वर्षको सम्झौता गरेको हो।
लिभरपुलमा करिब नौ वर्ष बिताएका फिलिप्सले प्रिमियर लिगमा केवल १९ खेलमा मात्र उपस्थिति जनाएका थिए। तर उनले इंग्ल्यान्डको दोस्रो डिभिजनमा भने राम्रो अनुभव बटुलेका छन्। पछिल्लो सिजन उनले डर्बी काउन्टीलाई रेलिगेसनबाट जोगाउन महत्वपूर्ण भूमिका खेलेका थिए।
त्यसअघि फिलिप्सले बर्नमाउथ, कार्डिफ सिटी (इङ्ग्ल्यान्ड), सेल्टिक (स्कटल्याण्ड) र स्टुटगार्ट (जर्मनी) जस्ता क्लबमा खेलिसकेका छन्।

टिप्पणी लेख्नुहोस्