लेख विवरण

१८ वर्ष अघि आजैको दिन रोहित शर्माले गरेका थिए अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू

१८ वर्ष अघि आजैको दिन रोहित शर्माले गरेका थिए अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू

काठमाडौँ | २३ जुन २००७ – यो मिति भारतीय क्रिकेट इतिहासमा स्वर्ण अक्षरले लेखिएको दिन हो। यही दिनबाट भारतीय क्रिकेटमा एक नयाँ युगको सुरुवात भएको थियो। किनकि यही दिन, भारतीय क्रिकेटका कप्तान रोहित शर्माले आयरल्यान्डविरुद्ध आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल खेलेका थिए।

भारतीय दिग्गज राहुल द्रविडको कप्तानीमा डेब्यू गरेका रोहितले उक्त खेलमा ब्याटिङ गर्ने अवसर भने पाएनन्, तर उनले एक शानदार क्याच लिँदै मैदानमा आफ्नो उपस्थिति प्रभावशाली बनाएका थिए।
उनलाई क्रिकेटका भगवान भनिने सचिन तेन्दुलकरले डेब्यू क्याप प्रदान गरेका थिए। 

उक्त खेलमा भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको थियो।
आयरल्यान्डलाई १९३ रनमै समेटिएको थियो।
जवाफमा सौरभ गांगुली, सचिन तेन्दुलकर र गौतम गम्भीरको उत्कृष्ट प्रदर्शनले भारतले ९ विकेटको सहज जित हात पारेको थियो।

 रोहितको पहिलो रन र पहिलो शतक

  • पहिलो रन: २६ जुन २००७, दक्षिण अफ्रिकाविरुद्ध

  • पहिलो शतक: २८ मे २०१०, जिम्बाब्वेविरुद्ध

रोहित शर्मा हालसम्म विश्व क्रिकेटका एकमात्र खेलाडी हुन्, जसले तीन पटक दुई सय रनभन्दा बढी स्कोर (डबल सेन्चुरी) वनडेमा बनाएका छन्।
उनको सबैभन्दा ठूलो स्कोर २६४ रन हो, जुन उनले २०१४ मा श्रीलंकाविरुद्ध बनाएका थिए – जुन हालसम्मको वनडे इतिहासकै सर्वाधिक व्यक्तिगत स्कोर हो।

१८ वर्षको क्रिकेट यात्राको आँकडा

ODI: २७३ खेल, १२,०३४ रन

टेस्ट: ६७ खेल, ४,३०१ रन

T20I: १५९ खेल, ४,२३१ रन

IPL: २७२ खेल, ७,०४६ रन (मुंबई इण्डियन्सका लागि)

टेस्ट क्रिकेटबाट सन्यास

IPL 2025 को दौरान रोहित शर्माले टेस्ट क्रिकेटबाट औपचारिक सन्यास लिएका थिए। यद्यपि उनी अझै पनि भारतका लागि वनडे र टी२० फर्म्याटमा कप्तानका रूपमा अग्रपंक्तिमा छन्।

डेब्यूको दिन सम्झिँदै रोहितको इन्स्टा स्टोरी

रोहित शर्माले आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत डेब्यूको दिनलाई सम्झँदै भावुक सन्देश सेयर गरेका छन् – "२००७ देखि आजसम्म, यो यात्रा निकै अविस्मरणीय रह्यो।"

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.