लेख विवरण

एन्फा महिला लिग क्वालिफायर्सका क्लबहरूका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट सम्बन्धी कार्यशाला सम्पन्न

एन्फा महिला लिग क्वालिफायर्सका क्लबहरूका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट सम्बन्धी कार्यशाला सम्पन्न

काठमाडौं, यही श्रावण २७ गतेदेखि सुरु हुन लागेको एन्फा महिला लिग क्वालिफायर्समा सहभागी हुने क्लबहरूका लागि आज एकदिने सामाजिक सञ्जाल (Social Media) र फिफा कनेक्ट (FIFA Connect) सम्बन्धी कार्यशाला सम्पन्न गरिएको छ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आयोजना गरिएको उक्त कार्यशालामा सहभागी क्लबका प्रतिनिधिहरूले सामाजिक सञ्जालको प्रभावकारी उपयोगबाट महिला फुटबलको प्रचारप्रसार कसरी गर्ने र खेलाडी तथा क्लबहरूको विवरण व्यवस्थापनमा फिफा कनेक्ट प्रणालीको सही प्रयोगबारे प्रशिक्षण पाएका छन्।

कार्यशालाको मुख्य उद्देश्य महिला फुटबललाई प्रवर्द्धन गर्दै सहभागी क्लबहरूलाई डिजिटल माध्यमहरूमा सक्रिय गराउने साथै फुटबल प्रशासनमा पारदर्शिता र दक्षता ल्याउनु रहेको आयोजकले जनाएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.