लेख विवरण

भुपेन्द्र र सुदेन बेलायत जाने

भुपेन्द्र र सुदेन बेलायत जाने

काठमाडौं, असार १० गते । उमा कुङफु खेलाडी भूपेन्द्र गुरुङ र सुदेन गुरुङ वल्र्ड युनाइटेड मार्सल आर्ट्स (उमा) युरोपियन च्याम्पियनसिपमा सहभागी हुन बिहीबार बेलायत प्रस्थान गर्ने भएका छन् ।

चेल्टेनह्याममा जुन २९ तारिखमा हुने प्रतियोगितामा भुपेन्द र सुदेनले समान २–२ स्पर्धामा प्रतिस्पर्धा गर्ने  छन् । भुपेन्द्रले चाइनिज ट्रेडिसनल फम र सफ्ट स्टायलमा प्रतिस्पर्धा गर्ने छन् । अन्तर्राष्ट्रिय प्रतियोगिता ‘डेब्यु’ गर्न लागेका सुदेनले चाइनिज क्रिएटिभ फम र चाइनिज ट्रेडिसनल फममा सहभागिता जनाउने छन् । प्रतियोगिता बेलायतस्थित उमा मुख्यालयको आयोजनामा हुन लागेको हो ।

बेलायतको प्रतियोगिताअघि भूपेन्द्रले वल्र्ड मार्सल आर्ट्स कमिटी (डब्लुएमएसी) को आयोजनामा हुने अन्तर्राष्ट्रिय डब्लुएमएसी जर्मन ओपन प्रतियोगितामा सहभागी हुने छन् । भुपेन्द्रले यसमा पनि बेलायतकै प्रतियोगितामा भाग लिने स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता जर्मनीको सिर्मनमा जुन २७ देखि २९ तारिखसम्म हुनेछ । भूपेन्द्र बेलायत हुँदै जर्मनी जाने छन् ।

टोलीलाई नेपाल उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक संजीतकुमार राई, उपाध्यक्ष रमेश महर्जन, उमा कुङफुका प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ, उमा कुङफु संघअन्तर्गत शंखपार्क ताइची क्लबका अध्यक्ष श्याम गौतमलगायतले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.