लेख विवरण

खोटाङमा ग्रासरुट फुटबल तालिम सञ्चालन, बालक–बालिकामा उत्साह

खोटाङमा ग्रासरुट फुटबल तालिम सञ्चालन, बालक–बालिकामा उत्साह

खोटाङ, खोटाङ जिल्ला फुटबल संघले जिल्लामा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गरिरहेको छ, जसअन्तर्गत बालबालिकाहरूलाई नियमित रूपमा आधारभूत फुटबल तालिम दिइँदै आएको छ।

संघको आयोजना, दिक्तेल बोर्डिङ स्कुलको व्यवस्थापन र खोटाङ फुटबल एकेडेमीको सहयोगमा सञ्चालन भइरहेको तालिम हरेक बिहान ५ बजेदेखि ७:३० बजेसम्म तथा शनिबार दिउँसो ११ बजेदेखि २ बजेसम्म जारी रहन्छ। प्रशिक्षण खोटाङ ग्रासरुट प्रमुख रोषेश श्रेष्ठको नेतृत्वमा प्रदान गरिँदै आएको छ।

यस तालिम कार्यक्रमको उद्देश्य जिल्लास्तरीय प्रतिभाशाली खेलाडीहरू पहिचान गर्दै उनीहरूलाई दीर्घकालीन फुटबल यात्राको लागि तयार पार्नु हो। नियमित अभ्यास र संरचित तालिममार्फत बालक तथा बालिकाहरूमा फुटबलप्रतिको रुचि थप बढिरहेको आयोजकले जनाएको छ।

स्थानीय स्तरमै यस्ता कार्यक्रमले बालबालिकाहरूको शारीरिक र मानसिक विकासमा सघाउ पुर्‍याउनुका साथै भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने खेलाडी उत्पादन गर्ने अपेक्षा लिइएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.