लेख विवरण

बार्सिलोनाले ल्याउँदै किशोर प्रतिभा रूनी बार्दघी, एसिया टुरमा समावेश हुने सम्भावना

बार्सिलोनाले ल्याउँदै किशोर प्रतिभा रूनी बार्दघी, एसिया टुरमा समावेश हुने सम्भावना

बार्सिलोना – युरोपियन फुटबलको अर्को उदाउँदो तारा, १९ वर्षीय स्विडिस विंगर रूनी बार्दघी (Roony Bardghji) बार्सिलोनासँग अनुबन्ध गर्न नजिक पुगेका छन्। डेनमार्कको एफसी कोपेनहेगनमा आबद्ध बार्दघीलाई क्याटालान क्लबले लगभग €2.5 मिलियन मा भित्र्याउने सहमति गरेको विभिन्न अन्तर्राष्ट्रिय स्रोतहरूले पुष्टि गरेका छन्।

बार्दघीको हालको अनुबन्ध सन् २०२४ को अन्त्यसम्म मात्र बाँकी रहेको र व्यक्तिगत सर्तहरू मिलाउन समस्या नपर्ने भएकाले उनको स्थानान्तरण केही दिनमै टुंगिने अपेक्षा गरिएको छ।

ईएसपीएनका पत्रकार माटेओ मोरेत्तोका अनुसार, बार्सिलोनाले बार्दघीलाई भविष्यको योजना अनुसार अगाडि बढाउने सोच बनाएको छ। उनीलाई वरिष्ठ टिमसँग प्रशिक्षण गराएर, प्रारम्भमा बी टिम (Barça Atletic) बाट खेलाउने योजना रहेको बताइएको छ।

यसबाहेक, क्लबको आगामी एसिया टुरमा बार्दघीलाई पनि समावेश गर्ने सम्भावना खुला राखिएको छ, ताकि नयाँ प्रशिक्षक हान्सी फ्लिकले उनीसँग नजिकबाट काम गर्न सकून्।

हान्सी फ्लिकले यसपटकको टुरमा जोफ्रे टोरेन्स, टोनी फर्नान्डेज, गिल्ले फर्नान्डेज, पेद्रो फर्नान्डेज, लान्ड्री फार्रे र जुआन हेर्नान्डेज लगायतका युवा खेलाडीहरूलाई पनि टिममा समावेश गर्ने योजना बनाएका छन्।

बार्सिलोना जापानमा विस्सेल कोबेविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ, त्यसपछि दक्षिण कोरिया यात्रा गर्दै थप दुई खेलहरू खेलेर स्पेन फर्किने तालिका तय भएको छ।

बार्सिलोनाले युवा प्रतिभाहरूलाई अवसर दिने नीतिअन्तर्गत बार्दघीलाई भित्र्याउने तयारीलाई समर्थकहरूले भविष्यको लगानीका रूपमा हेरेका छन्।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.