दोस्रो दोधारा चाँदनी प्रदेशस्तरीय आमन्त्रित तेक्वान्दो प्रतियोगिता असोजमा
कञ्चनपुर – खेलकुदमार्फत स्वास्थ्य र राष्ट्रिय गौरव अभिवृद्धि गर्ने उद्देश्यसहित दोस्रो दोधारा चाँदनी प्रदेशस्तरीय आमन्त्रित तेक्वान्दो प्रतियोगिता – २०८२ कञ्चनपुरमा हुने भएको छ।
दोधारा चाँदनी तेक्वान्दो डोजाङ्गको आयोजनामा तथा दोधारा चाँदनी नगरपालिका, कञ्चनपुरको सहकार्यमा हुने प्रतियोगिता २०८२ साल असोज ३, ४ र ५ गते आयोजना हुने आयोजक समितिले जानकारी दिएको छ।
प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला तथा क्लबका खेलाडीहरूको सहभागिता रहनेछ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा टोलीहरूलाई नगद पुरस्कार प्रदान गरिनेछ।
-
प्रथम पुरस्कार: रु. ३०,०००/-
-
द्वितीय पुरस्कार: रु. २०,०००/-
-
तृतीय पुरस्कार: रु. १०,०००/-
आयोजक संस्थाका अनुसार प्रतियोगिताले स्थानीय तेक्वान्दो खेलको विकास, युवा प्रतिभा पहिचान तथा प्रदेशस्तरीय खेल कौशल अभिवृद्धिमा टेवा पुर्याउनेछ।
"स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद" भन्ने नारालाई आत्मसात गर्दै प्रतियोगिता सम्पन्न गर्न सबै तयारीहरू तीव्र पारिएको आयोजकले जनाएको छ।

टिप्पणी लेख्नुहोस्