लेख विवरण

मधेश प्रदेशमा मुख्यमन्त्री अन्तरप्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिता हुने

मधेश प्रदेशमा मुख्यमन्त्री अन्तरप्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिता हुने

जनकपुरधाम, धनुषा – मधेश प्रदेश खेलकुद परिषद् र मधेश प्रदेश कबड्डी संघको संयुक्त आयोजनामा मुख्यमन्त्री अन्तरप्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिता २०८१/०८२ आयोजना हुने भएको छ। प्रतियोगिता २०८२ असार १२ देखि १४ गतेसम्म जनकपुरधामको मिथिला अवध धर्मशालामा हुनेछ।

प्रतियोगिता प्रदेश खेलकूद परिषद्, र खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश प्रदेशको सहकार्यमा आयोजना गर्न लागिएको हो। यस प्रतिस्पर्धाले प्रदेशस्तरीय खेलको विकास, खेलकुदमा जनचेतना, र क्षेत्रीय युवा प्रतिभाहरूको उत्थानमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।

यस अवसरमा आयोजक मधेश प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका कबड्डी टोलीहरूले प्रतिस्पर्धा जनाउने छन् ।

"खेली मधेश, जीती मधेश" भन्ने नारासहित मधेश प्रदेशमा खेलकुदको लोकप्रियता बढाउने र आगामी खेलकुदका योजनाहरूलाई अघि बढाउने अभियान जारी रहेको आयोजकले जनाएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.