लेख विवरण

एन्फा यू–१६ युथ लिगमा सहभागी ‘ए’ डिभिजन क्लबहरूका लागि सोशल मिडिया र फिफा कनेक्ट कार्यशाला सम्पन्न

एन्फा यू–१६ युथ लिगमा सहभागी ‘ए’ डिभिजन क्लबहरूका लागि सोशल मिडिया र फिफा कनेक्ट कार्यशाला सम्पन्न

काठमाडौं — आगामी २०८२ असार २० गतेदेखि सुरु हुने एन्फा यू–१६ युथ लिगमा सहभागी ‘ए’ डिभिजन क्लबहरूका लागि आज एन्फा कम्प्लेक्स, सातदोबाटोमा एकदिने सोशल मिडिया वर्कशप तथा FIFA Connect Workshop सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यशालामा सहभागी क्लब प्रतिनिधिहरूलाई सञ्चार, प्रचारप्रसार तथा प्रशासनिक व्यवस्थापनका विभिन्न पक्षहरूमा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले तालिम प्रदान गरिएको थियो।

कार्यक्रमको उद्देश्य क्लबहरूको डिजिटल उपस्थिति सुदृढ गर्नुका साथै फिफा कनेक्ट प्रणाली मार्फत खेलाडी अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउनु रहेको एन्फाले जनाएको छ।

सो कार्यशालाले आगामी यू–१६ युथ लिग सञ्चालनलाई अझ व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.