लेख विवरण

झापा सुपर कप इजरायल २०२५ सम्बन्धी पत्रकार सम्मेलन आगामी शुक्रबार हुने

झापा सुपर कप इजरायल २०२५ सम्बन्धी पत्रकार सम्मेलन आगामी शुक्रबार हुने

तेलअविभ, इजरायल — झापा एफसी इजरायलद्वारा आयोजना गरिन लागेको झापा सुपर कप इजरायल २०२५ सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले हुन लागेको पत्रकार सम्मेलन अब आउँदो शुक्रबार, जुन २७, २०२५ मा हुने भएको छ।

यसअघि तय गरिएको मिति जुन १३, २०२५ मा पत्रकार सम्मेलन इजरायल–इरान युद्धको कारण स्थगित भएको थियो। आयोजकले पुनः जानकारी दिँदै हाल परिस्थिति सामान्य भएकाले पत्रकार सम्मेलन लेवेन्सिक फुटसल ग्राउण्ड, तेलअविभ मा बेलुका ५:०० बजे आयोजना हुने बताएको छ।

झापा एफसी इजरायलले उक्त कार्यक्रमका लागि संपूर्ण सहभागी क्लबहरू, खेलाडीहरू, खेलप्रेमीहरू, सञ्चारकर्मीहरू तथा सरोकारवाला सबै महानुभावहरूलाई उपस्थित भई सफल बनाउन हार्दिक अनुरोध गरेको छ।

पत्रकार सम्मेलनमा प्रतियोगिताको रूपरेखा, सहभागी टोली, खेल तालिका र अन्य व्यवस्थापकीय पक्षहरूबारे जानकारी दिने तयारी गरिएको छ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.