स्वीडेनमा 7-A SIDE एनआरएनए कप फुटबल प्रतियोगिता हुने
स्वीडेन, २५ जून २०२५ – गैर आवासीय नेपाली संघ, स्वीडेनले यस वर्षको सातौं 7-A SIDE एनआरएनए कप फुटबल प्रतियोगिता आगामी अगष्ट १६, २०२५ मा आयोजना गर्न लागेको घोषणा गरेको छ। उक्त प्रतियोगिता स्वीडेनको प्रसिद्ध भाइकिंग यति क्लब स्टकहोमको सहकार्यमा आयोजना हुँदैछ।
यो प्रतियोगिता युरोपभरि बसोबास गर्ने गैर आवासीय नेपालीहरूको बीचमा आत्मीयता, एकता र भातृत्वको विकास गर्ने उद्देश्यले आयोजना गरिएको हो। यस प्रतियोगिताले फुटबलको माध्यमबाट नेपाली समुदायलाई अझ एकजुट र सक्रिय बनाउन मद्दत गर्ने विश्वास लिइएको छ।
प्रतियोगिता स्थान र समय:
-
स्थान: Kvarnbakan bollplan, Kista, Stockholm
-
समय: बिहान ९:३० बजेदेखि
प्रतियोगितामा सहभागी हुनका लागि इच्छुक टिमहरूले समयमै दर्ता गर्नुपर्नेछ। यस खेलकुद कार्यक्रममा भाग लिने सबै सहभागीहरूलाई एकत्रित हुँदै खेलकुदको माध्यमबाट आफ्नो सम्बन्ध थप सुदृढ पार्ने र नयाँ साथीहरूको खोजी गर्ने अवसर प्राप्त हुनेछ।
गैर आवासीय नेपाली संघ स्वीडेनले सबै नेपाली दाजुभाई र दिदी बहिनीहरुलाई हार्दिक निमन्त्रणा गर्दै आफ्नो टिम सहित यस प्रतियोगितामा भाग लिन आग्रह गरेको छ।

टिप्पणी लेख्नुहोस्