काठमाडौं, सातदोबाटो — अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजित यू-१६ युथ लिगमा सहभागी क्लबका प्रतिनिधिहरूका लागि आज एन्फा कम्प्लेक्स, सातदोबाटोमा 'सेफगार्डिङ्ग वर्कशप' सम्पन्न गरिएको छ।
कार्यशालाको उद्देश्य बालक तथा किशोर खेलाडीहरूको लागि सुरक्षित, समावेशी र प्रोत्साहनदायी वातावरण सुनिश्चित गर्नु रहेको थियो। कार्यक्रममा क्लब प्रतिनिधिहरूलाई बाल संरक्षण (child protection), दुर्व्यवहारविरुद्धको नीतिहरू, प्रशिक्षक र व्यवस्थापकहरूको उत्तरदायित्व, तथा समावेशी फुटबल संस्कारको प्रवर्धन सम्बन्धी विषयमा जानकारी दिइएको थियो।
यू-१६ लिगमार्फत भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्य राखिएकोले, खेलाडीहरूको शारीरिक, मानसिक र सामाजिक सुरक्षामा विशेष ध्यान दिनुपर्ने एन्फाको भनाइ छ।
एन्फाले आगामी दिनहरूमा पनि यस्ता कार्यशाला नियमित रूपमा गर्दै जाने प्रतिबद्धता जनाएको छ।
– एन्फा मिडिया
टिप्पणी लेख्नुहोस्