लेख विवरण

किङ्स कलेजलाई ‘हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल’को उपाधि

किङ्स कलेजलाई ‘हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल’को उपाधि

काठमाडौँ, किङ्स कलेजले हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल प्रतियोगिता को उपाधि जित्न सफल भएको छ। राजधानीमा सम्पन्न प्रतियोगिताको फाइनलमा किङ्स कलेजले टेकस्पाइर कलेजलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको हो।

कुल २८ टिमको सहभागिता रहेको यस प्रतियोगितामा लिगकम नकआउट प्रणालीअनुसार खेल संचालन गरिएको थियो। प्रतियोगितामा स्नातक तहको सेमेस्टर प्रणालीमा अध्ययनरत विभिन्न कलेजका टिमहरूले सहभागिता जनाएका थिए।

सेमिफाइनल र तृतीय स्थानको नतिजा

सेमिफाइनलमा टेकस्पाइर कलेजले ग्लोबल कलेजलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने किङ्स कलेजले एनसीएमटी कलेजलाई ३–० ले हराउँदै उपाधि भिडन्तमा स्थान बनाएको थियो।
तृतीय स्थानको खेलमा ग्लोबल कलेजले एनसीएमटी कलेजलाई १–० ले हराउँदै तेस्रो स्थान हासिल गर्‍यो।

पुरस्कार विवरण

  • विजेता किङ्स कलेजले नगद ९० हजार रुपैयाँ प्राप्त गर्‍यो।

  • दोस्रो स्थान टेकस्पाइर कलेजले ४० हजार रुपैयाँ,

  • तेस्रो स्थान ग्लोबल कलेजले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

उत्कृष्ट खेलाडीहरू

  • बेस्ट प्लेयर: सबिन पराजुली

  • बेस्ट किपर: सालिन अवाल

  • बेस्ट डिफेन्डर: सनम महर्जन

  • टप स्कोरर: सुवर्ण आचार्य

  • फेयर प्ले टिम: लिटिल एन्जल्स कलेज

  • बेस्ट कोच: आरोन गुरुङ (किङ्स कलेज)

  • बेस्ट म्यानेजर: हृषव (टेकस्पाइर कलेज)

प्रतियोगिताको मुख्य प्रायोजक हाइसेन्स नेपाल रहेको थियो भने आयोजनामा सायम स्पोर्ट्सको संयोजन रहेको थियो। आयोजकले प्रतियोगितालाई भविष्यमा अझै व्यावसायिक र अन्तरकलेजीय खेलको वार्षिक पर्वको रूपमा विस्तार गर्ने योजना रहेको जनाएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.